कांग्रेस नरहरिनाथ गाउँपालिकाले प्रत्येक हप्ता श्रमदान गर्ने
कालीकोट । नेपाली कांग्रेस कालीकोटको नरहरिनाथ गाउँ कार्यसमितिले प्रत्येक हप्ता जनश्रमदान अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । गाउँ कार्यसमितिको प्रथम बैठकले महिनाको प्रत्येक हप्ता जनश्रमदान गर्ने निर्णय गरेको हो ।
पार्टीलाई जनतासँग जोड्ने, सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने तथा स्थानीय विकास निर्माणमा जनसहभागिता सुनिश्चित गर्ने उद्देश्यले साप्ताहिक जन श्रमदान कार्यक्रम सञ्चालन गर्न लागिएको गाउँपालिका सभापति रामबहादुर बटालाले बताए ।
नरहरिनाथ गाउँपालिकाभरि प्रत्येक आइतबार दुईदेखि तीन वटा स्थान छनोट गरी बिग्रिएका, भत्किएका तथा मर्मतसम्भार गर्नुपर्ने साना विकास निर्माणका योजना तथा संरचनाहरूको श्रमदानमार्फत मर्मतसम्भार गर्ने, क्रियाशील सदस्यको अनिवार्य सहभागिता जनाउने निर्णय भएको सभापति बटालाको भनाई छ ।
कांग्रेसका प्रत्येक क्रियाशील सदस्यले महिनामा कम्तिमा एक दिन पार्टीले आयोजना गर्ने सामाजिक सेवा, श्रमदान, विकास निर्माण तथा जनहितका कार्यक्रममा अनिवार्य रूपमा सहभागी हुने व्यवस्था मिलाउने र सम्बन्धित वडा कार्यसमिति, टोल समिति तथा पार्टीका क्रियाशील सदस्यहरूसँग समन्वय गरी श्रमदान गर्नुपर्ने स्थान पहिचान गर्ने, आवश्यक जनशक्ति परिचालन गर्ने र कार्यक्रमलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।
सञ्चालित श्रमदान कार्यक्रमको विवरण, सहभागी सदस्यहरूको उपस्थिति तथा सम्पन्न कामको अभिलेख राख्ने, पार्टीका नेता, कार्यकर्ता, युवा तथा स्थानीय नागरिकलाई विकास निर्माण र सामाजिक सेवाका कार्यमा सहभागी गराउँदै जनताको सुखदुःखमा साथ दिने, जनताको समस्या समाधानमा अग्रसर हुने र पार्टीप्रति जनविश्वास अभिवृद्धि गर्ने सभापति बटालाले बताए ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्