Skip to content

डिगोमा अब नेपाली फिल्मसँगै जिओहटस्टारका फिल्म तथा सिरिजहरू

nmb bank inside

काठमाडौँ । नेपालको ठूलो ओटीटी प्लाटफर्म डिगोले जिओहटस्टारसँग साझेदारी घोषणा गर्दै जिओहटस्टारका सामग्रीहरूको प्रस्तुति थालेको छ ।

दक्षिण एसियाली समुदायको ठूलो हिस्सा रहेको मध्यपूर्व र उत्तर अफ्रिकामा प्रवेश गरेको केही साताभित्रै, डिगोमार्फत नेपाल प्रवेश गर्दै जिओहटस्टारले आफ्नो विश्वव्यापी विस्तारलाई निरन्तरता दिएको हो ।

भारतसँगको गहिरो सांस्कृतिक सम्बन्ध र भारतीय फिल्म तथा टेलिभिजनप्रतिको लामो समयदेखिको आकर्षणलाई आधार बनाउँदै जिओहटस्टारलाई विश्वभरका नेपाली दर्शकहरूमाझ समेत पु¥याउने यो अर्को कदम समेत हो ।

यो साझेदारीले डिगो भित्रै ब्लकबस्टर फिल्महरू, ओरिजिनलहरू, दैनिक टेलिभिजन, रियालिटी फ्रान्चाइजहरू र बालबालिकाका सामग्रीहरू समेटिएको एक समर्पित जिओहटस्टार प्लेटफर्म सिर्जना गरेको छ । 

लञ्च लाइनअपमा ‘भेडिया’, ‘टुवेल्थ फेल’, ‘केसरी च्याप्टर २’, ‘सुपर ३०’, ‘वेलकम टु द जंगल’ जस्ता ब्लकबस्टर फिल्महरूसँगै जिओहटस्टार ओरिजिनलहरू ‘हुंकार’, ‘प्रितम एण्ड पेड्रो’, ‘अलि बाबा और ४० भूत’, ‘स्पेसल अप्स’, ‘चिरैया’ लगायतका सामग्रीहरू उपलब्ध छन् ।

यसका साथै हिन्दी भाषामा उपलब्ध ‘बेथेलहेम कुटुम्ब युनिट’, ‘थुडाक्म’ जस्ता चर्चित साउथ इन्डियन फिल्मसँगै ‘बिग बोस’, ‘इन्डिया का टप १ पर्सेन्ट’ र पछिल्लो समय चर्चामा रहेको ‘कफी विथ करण’ जस्ता लोकप्रिय रियालिटी तथा मनोरञ्जनात्मक कार्यक्रमहरू डिगोमा हेर्न सकिनेछ । 

दर्शकहरूले डिगोको मोबाइल र प्लस प्लानमार्फत जिओहटस्टारको अनुभव लिन सक्नेछन्, जसको विशेष लञ्च मूल्य प्रतिमहिना २४९ रुपैयाँ बाट सुरु हुन्छ । मोबाइल प्लानको मूल्य एक महिनाको लागि २४९ रुपैयाँ, तीन महिनाको लागि ६९९ रुपैयाँ र एक वर्षको लागि २,४९९ रुपैयाँ रहेको छ ।

त्यस्तै, प्लस प्लान एक महिनाको लागि ३९९ रुपैयाँ, तीन महिनाको लागि ८९९ रुपैयाँ र एक वर्षको लागि २,६९९ रुपैयाँमा उपलब्ध हुनेछ । दर्शकहरूले धधध।धबतअजमनय।अयm मा गएर वा ष्इक्, ब्लमचयष्म, ब्लमचयष्म त्ख् र क्mबचत त्ख् मा डिगो एपमार्फत सब्स्क्राइब गर्न सक्नेछन् ।

जिओहटस्टारको लाइब्रेरीले डिगोको नेपाली फिल्म र शोहरूको संग्रहलाई थप बलियो बनाएको छ । स्थानीय कथावाचनलाई प्राथमिकता दिँदै डिगोमा प्रत्येक हप्ता नयाँ नेपाली फिल्म थपिनेछ । यसरी भारतीय तथा नेपाली मनोरञ्जन र विश्वव्यापी खेलकुदहरू कुनै पनि अतिरिक्त शुल्क बिना एउटै डिगो सब्स्क्रिप्सनमा उपलब्ध भएका छन् ।

जिओहटस्टारको नेपाल प्रवेशको बारेमा टिप्पणी गर्दै जिओस्टारका अन्तर्राष्ट्रिय व्यापार प्रमुख अमित मल्होत्राले पछिल्लो विस्तारले भारतमा सिर्जना गरेको दायरा र विदेशमा भारतीय मनोरञ्जनको मागलाई एक ठाउँमा ल्याएको बताएका छन् ।

‘पुस्ताौँदेखि हाम्रा फिल्म, टेलिभिजन शो र कलाकारहरूलाई पछ्याउँदै आएका दर्शकहरू भएको नेपाल यस यात्राको एक महत्त्वपूर्ण हिस्सा हो । डिगोसँगको सहकार्यले हामीले जिओहटस्टारको मनोरञ्जनलाई स्थानीय प्लेटफर्मको सहजतासँग जोड्दै दर्शकहरूलाई अझ फराकिलो विकल्प दिन सक्षम भएका छौँ’, उनले भने । 

यो साझेदारी डिगो र नेपालको मनोरञ्जन उद्योग दुवैका लागि एक माइलस्टोन रहेको डिगोका प्रमुख कार्यकारी अधिकृत रोशन निरालाले बताए ।  

उनले भने,‘जिओहटस्टारका फिल्म र शोहरूदेखि लिएर हरेक हप्ता आउने नयाँ नेपाली फिल्म र प्रत्यक्ष अन्तर्राष्ट्रिय खेलकुदहरूसम्म, नेपाली दर्शकहरूलाई डिगो रोज्ने हरेक दिन नयाँ कारण दिनु हाम्रो उद्देश्य हो । हामी हाम्रा दर्शकहरूका लागि विशेष रूपमा तयार पारिएको मूल्यमा नेपालकै लागि बनेको प्लेटफर्ममार्फत यी सबै विकल्पहरू एकै ठाउँमा ल्याउँदैछौँ ।’

नेपालमा भएको यो लञ्चले भारतीय मनोरञ्जनको पहुँच र आकर्षणलाई आधार बनाउँदै अन्तर्राष्ट्रिय बजारमा आफ्नो दिगो उपस्थिति स्थापित गर्ने जिओहटस्टारको लक्ष्यलाई झल्काउँछ । डिगोले नेपाली फिल्म ‘लालीबजार’ दसैँको अवसर पारेर सार्वजनिक गरिसकेको छ । योसँगै ‘मन बिनाको धन’, ‘जनै हराएको मान्छे’ र ‘सोल्टिनी’ पनि छिटै एपमा उपलब्ध हुने डिगोले जनाएको छ ।  

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्