काठमाडौं । अछामको तुर्माखात गाउँपालिकामा भोलि आइतबारदेखि जैसरा देवी स्मृति कप क्रिकेट हुने भएको छ । कात्तिक १३ गतेदेखि सुरू हुने प्रतियोगिता भोलिका लागि सारिएको हो ।
जैसरा देवी स्मृति युवा क्लबको आयोजनामा हुन लागेको प्रतियोगिताको विजेताले १ लाख २१ हजार १११ पाउनेछ । दोस्रो हुने टोलीले ६१ हजार १११ पाउने क्लबका संयोजक उपेन्द्र विष्टले जानकारी दिए ।
यस्तै म्यान अफ दी सिरिजलाई ५ हजार,बेस्ट ब्याटर र बेस्ट बलरले ३ हजार १ सय,उदयीमान खेलाडीले २ हजार ५६,अनुशासित टिमलाई ५ हजार १ सय पुरस्कार दिइनेछ ।
तुर्माखात गाउँपालिका –६स्थित रानीवन खेलमैदान हुने प्रतियोगितामा १६ टिम सहभागीता रहने जनाएको छ ।
यसैबीच प्रतियोगिताको सभ्य र भव्य आयोजना गर्न नेपाल क्रिकेट संघ(क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले शुभकामना दिए ।
प्रतियोगिताले अछामको क्रिकेटको विकासका साथै खेलाडी उत्पादनमा टेवा पुग्ने विश्वास गरिएको छ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्