तस्बिरः दिलकुमार लिम्बू/नेपाल न्यूज बैंक
ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारबाट देखिएको पाथीभरा डाँडा। बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्णव’ का कारण बिहीबारदेखि ताप्लेजुङमा निरन्तर सामान्य वर्षा भइरहेको छ भने हिमाली क्षेत्रमा हिमपातसमेत भएको छ। वर्षा र हिमपातसँगै जिल्लामा चिसो बढेको छ। प्रतिकूल मौसमका कारण ताप्लेजुङमा हवाई उडानसमेत प्रभावित भएको छ। बिहीबार र शनिबारका दुई उडान अवरुद्ध भएका हुँदा ताप्लेजुङबाट काठमाडौँ जाने १५ जना र काठमाडौँबाट ताप्लेजुङ आउने १२ जना यात्रु प्रभावित भएका छन्।










Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्