Skip to content

आइतबार ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

nmb bank inside

काठमाडौँ। साताको कारोबारको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८ हजार ३ सय रुपैयाँले घटेको हो। यो गिरावटसँगै आज सुन प्रतितोला २ लाख ७२ हजार रुपैयाँमा कारोबार भईरहेको छ। कारोबारको अघिल्लो दिन सुन प्रतितोला २ लाख ८० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदीको भाउ तोलामा १७५ रुपैयाँले घटेर प्रतितोला ३ हजार ६५० रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी प्रतितोला ३ हजार ८२५ रुपैयाँमा कारोबार भएको थियो ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्