काठमाडौँ। सरकारले युवाहरुलाई एआईको निःशुल्क अनलाइन तालिम दिने भएको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानमार्फत युवाहरूलाई कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी व्यावहारिक सीप प्रदान गर्ने उद्देश्यले ‘एआईको प्रभावकारी प्रयोग तथा प्रम्प्ट लेखन’ विषयमा निःशुल्क अनलाइन तालिम सञ्चालन गर्न लागिएको हो ।
तालिम आगामी कात्तिक १८ र १९ गते (बुधबार र बिहीबार) बिहान १० देखि १२ बजेसम्म र बेलुका ६ देखि ८ बजेसम्म गरी चारवटा छुट्टाछुट्टै सत्रमा सञ्चालन हुनेछ। प्रत्येक सहभागीलाई चारमध्ये कुनै एक सत्रमा सहभागी गराइनेछ। चारवटा सत्रमा प्रतिसत्र ५०० जनाका दरले कुल २,००० जनासम्म सहभागी हुन सक्नेछन्।
तालिममा च्याटजीपीटी, क्लडजस्ता एआई उपकरणको प्रयोग, प्रभावकारी प्रम्प्ट लेखन, इमेल तथा प्रस्तुतीकरण निर्माण, तस्बिर र भिडियो बनाउने तरिका सिकाइनेछ। साथै, एआईबाट प्राप्त जानकारीको सत्यता जाँच्ने र यसको जिम्मेवार प्रयोग गर्ने विषय पनि समेटिनेछ।
श्रम तथा रोजगारमन्त्री रामजी यादवले उक्त तालिमले युवाहरूलाई अध्ययन, रोजगारी तथा व्यावसायिक गतिविधिमा एआई प्रविधिको प्रभावकारी प्रयोग गर्न आवश्यक सीप प्रदान गर्ने लक्ष्य राखेको बताएका छन् ।
तालिममा सहभागी हुन इच्छुक व्यक्तिहरूले अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। आवेदकहरूलाई कुन सत्रमा सहभागी गराइने भन्ने जानकारी तालिम सुरु हुनुअघि उपलब्ध गराइनेछ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्