Skip to content

स्ट्रिट फेस्टिभलका कारण सडक अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती

nmb bank inside

ललितपुर । सातदोबाटो युथ क्लबले आयोजना गरेको स्ट्रिट फेस्टिभलका कारण सडक अवरुद्ध हुँदा सर्वसाधारणको आवागमनमा समस्या भएको छ।

ललितपुर जिल्ला प्रशासन कार्यालयले नेपाल न्यूज बैंकसँगको कुराकानीमा फेस्टिभलका कारण सडक अवरुद्ध हुँदा बिरामीलाई एम्बुलेन्समार्फत पाटन अस्पताल पुर्‍याउनसमेत कठिनाइ भएको जनाएको छ।

प्रशासनका अनुसार सडक अवरुद्ध हुँदा अत्यावश्यक सेवाका सवारीसाधन सञ्चालनमा समेत समस्या परेको छ।

सातदोबाटो युथ क्लबले कात्तिक २० र २१ गते दुईदिने स्ट्रिट फेस्टिभल आयोजना गरेको हो।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्