Skip to content

फुटुक पर्व समापन हुँदै, ओलाङचुङगोलामा वालुङ सुदायको साँस्कृतिक रौनक

nmb bank inside

फुटुक पर्व समापन हुँदै, ओलाङचुङगोलामा वालुङ सुदायको साँस्कृतिक रौनक

आलोङचुगोला तस्बिर : दिलकुमार लिम्बू,नेपाल न्युज बैंक

ताप्लेजुङ । सीमान्तकृत वालुङ समुदायले मनाउने सांस्कृतिक पर्व फुटुक मनाएका छन । दसैँको कोजाग्रत पूर्णिमाको पञ्चमी तिथिदेखि विधिगत पूजापाठ गरेर (औंसीको दिन) आज समापन गर्न लागेका हुन । 

फक्ताङलुङ गाउँपालिका-७ का वडा अध्यक्ष तथा ओलाङचुगोलाका स्थानीय छेतेन लामाका अनुसा पर्वको रौनक ओलाङचुगोलामा मात्र मनाउँने गर्दछन् । वालुङ (भोटे) समुदाय चीनसँगको सीमावर्ती ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङचुङगोलामा मात्र बसोबास गर्दै आएका छन् । उक्त समुदायको यो मौलिक सांस्कृतिक पर्व परापूर्वकालदेखि नै धुमधामसँग मनाउने गरिएकामा दश दिनसम्म मनाइने यस मौलिक पर्वमा पाहुनाहरुका साथै भारतको दार्जिलिङबाट प्रमुख लामा आएका छन् ।  

यस पर्वमा सुरुदेखि अन्तिमसम्ममा लामाले बौद्ध धर्मसंस्कारअनुसार पूजा पाठ गर्दछन् । आइतबार(लक्ष्मी पूजा)को दिन मुख्य पूजाको समय मानिन्छ । (पर्वको अवधिभर हरेक दिनको मध्यरात लामाले पूजा पाठ गर्नाका साथै देव नृत्यसमेत देखाउने गर्दछन् । निरन्तर आगोमा घ्यू र तेल जलाउँदै पूजापाठ गर्दा त्यहाँबाट निस्केको घ्यू र तेलको धुवाँले गुम्बाको धुरी नाघेमा शुभ हुने धार्मिक विश्वास गरिन्छ ।

फुटुक पर्वको पछिल्लो चार दिनलाई विशेष दिनका रुपमा लिइन्छ भने प्रत्येक रात देवनृत्य (देवता नाच) प्रदर्शनसहित पूजा समापन गरिन्छ । स्थानीयवासीका अनुसार पर्वमा सहभागी लामाहरुले देवता र राक्षसको मुखुन्डो लगाएर दुबै पक्ष बीचको युद्धको अभिनय गरी नृत्य देखाउने गरिन्छ । पाहुनाले गुम्बा नजिक पाल तथा ट्रेन टाँगेर बसेका छन् । ओलाङचुङगोलामा साढे चार सय वर्ष पुरानो ऐतिहासिक दिकिछ्योलिङ गुम्बा छ ।  

यो वर्ष फुटुकमा अमेरिका,भारतको सिक्किम, दार्जिलिङ र नेपालका विभिन्न ठाउँमा बसोबास गर्दै आएका वालुङ र आफ्ना आफन्त, नातेदार भक्तजनकारुपमा सहभागी भएको लामाले बताउनुभयो । 

समुद्र सतहदेखि तीन हजार २०० मिटर उचाइ रहेको हिमाली बस्ती ओलाङचुङगोलामा एकमात्र जाति वालुङ समुदायको बसोबास रहेको छ । यहाँ हाल वालुङहरु ५२ घरपरिवार बसोबास गर्दै आएका छन् भने जिल्लाकै उच्च बस्ती याङ्मा (४,२०० मिटर) मा ११ परिवार बसोबास गर्दै आएका छन् ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्