नेपाल संवत्ले राष्ट्रिय एकता र समृद्धिको नयाँ ऊर्जा प्रदान गरोस् : मुख्यमन्त्री कार्की
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाल संवत् ११४७ तथा नयाँ वर्षका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गरेका छन्।
नेपाल संवत् नेपालीको मौलिक संवत्, ऐतिहासिक गौरव र सांस्कृतिक पहिचान भएको उल्लेख गर्दै उनले राष्ट्रिय विभूति शङ्खधर साख्वाले जनतालाई ऋणमुक्त गराएर सुरु गरेको यस संवत्ले मानवता, समानता, सामाजिक न्याय र परोपकारको प्रेरणादायी सन्देश दिएको बताएका छन्।
मुख्यमन्त्री कार्कीले समाजमा विद्यमान आर्थिक तथा सामाजिक असमानता हटाउँदै सामूहिक हित, आपसी सहयोग र जनकल्याणलाई प्राथमिकता दिनुपर्ने सन्देश नेपाल संवत्ले दिएको उल्लेख गरेका छन्।
उनले विविध जातजाति, भाषा, धर्म, संस्कृति, परम्परा र मौलिक पहिचानले कोशी प्रदेशलाई समृद्ध बनाएको बताएका छन्। हिमाल, पहाड र तराईको विविधतायुक्त प्रदेशमा बसोबास गर्ने विभिन्न समुदायका मौलिक पर्व, कला, साहित्य र परम्परा साझा सम्पत्ति तथा गौरव भएको उनको भनाइ छ।
मुख्यमन्त्री कार्कीले नेपाल संवत् ११
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्