Skip to content

काठमाडौं उपत्यकामा २४ घण्टामा ५१२ जना ट्राफिक नियम उल्लङ्घन गर्ने चालक कारबाहीमा

nmb bank inside

काठमाडौं ।काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ५१२ जना चालकलाई पछिल्लो २४ घण्टामा कारबाही गरिएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार विभिन्न कसुरमा सो संख्याका चालकहरूलाई कारबाही गरिएको हो।  

प्राप्त विवरणअनुसार सबैभन्दा बढी मादक पदार्थ सेवन गरी सवारी चलाउने (मा.प.से.) १३६ जना कारबाहीमा परेका छन्। त्यस्तै, तीव्र गतिमा सवारी चलाउने ९९ जना, अवस्था ठीक नभएका सवारी साधन चलाउने २१ जना, रेड लाइट (ट्राफिक संकेत) उल्लङ्घन गर्ने १६ जना, हर्न बजाउने नियम उल्लङ्घन गर्ने ८ जना र वन वे नियम मिच्ने १ जना चालकलाई कारबाही गरिएको छ। यसैगरी, सिसिटिभीमार्फत ३६ जना र अन्य विभिन्न कसुरमा १९६ जना चालक कारबाहीमा परेका छन्।  

ट्राफिक प्रहरीले सडक सुरक्षालाई मध्यनजर गर्दै नियमको पालना गर्न चालकहरूलाई आग्रह गरेको छ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्