एनपीएल : लुम्बिनी पहिलो क्वालिफायरमा प्रवेश,विराटनगर आउट
काठमाडौं । लुम्बिनी लायन्स राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल)को पहिलो क्वालिफायरमा प्रवेश गरेको छ। आज सम्पन्न खेलमा विराटनगर किंग्सलाई हराउदै लुम्बिनी पहिलो क्वालिफायरमा सुरक्षित भएको हो।
हारसंगै विराटनगर बाहिरिएको छ।
जितका लागि पाएको १६७ रनको लक्ष्य लुम्बिनीले १९।५ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो।
जसमा आसिफ शेख र डार्सी सर्टले ४५र४५ रन बनाए।
विराटनगरका अपराजित पौडेलले २ विकेट लिए।
यसअघि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १६६ रन बनायो ।
जसमा चरिथ असलङ्काले अर्धशतकीय पारी खेल्दै ६४ रन बनाए। यस्तै शुभम रञ्जनेले ३१ ,इमरान शेखले २४ रन हिर्काए।
लुम्बिनीका किशोर महतोले २,रूबेल ट्रम्पलमेन र अभिषेश गौतमले १र१ विकेट लिए।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्