रातको समयमा झिलिमिली देखिएको फेवाताल
तस्बीर : नेपाल न्यूज बैंक
पर्यटकीय नगरी पोखराको प्रमुख आकर्षण फेवाताल रातको समयमा झिलिमिली बत्तीले थप आकर्षक देखिने गरेको छ । तालको पानीमा प्रतिबिम्बित लेकसाइड क्षेत्रका बत्ती, किनारमा लस्करै राखिएका रङ्गीविरङ्गी डुङ्गा र पारिपट्टिका डाँडामा टल्किएका बस्तीका उज्यालोले फेवातालको रात्रिकालीन सौन्दर्यलाई मनमोहक बनाएको देखिन्छ ।
शान्त तालको पानी र डुङ्गामा विभिन्न रङका बत्तीको प्रतिबिम्ब पर्दा फेवातालले रातमा छुट्टै आकर्षण प्रस्तुत गरेको छ । पोखरा घुम्न आउने पर्यटकका लागि फेवाताल दिनमा मात्र नभई साँझ र रातको समयमा पनि आकर्षणको केन्द्र बन्ने गरेको छ । ताल किनारमा बसेर पानीमा देखिने प्रकाशको प्रतिबिम्ब नियाल्नु र तस्बिर खिच्नु पर्यटकका लागि आकर्षण बन्ने गरेको छ ।











Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्