Skip to content

जनकपुरधाम आईपुग्यो अयोध्या-जनकपुर (सरयू कमला)एक्सप्रेस रेल, यात्रुहरुको भव्य स्वागत (फोटोफिचर)

nmb bank inside

जनकपुर । अयोध्या जनकपुर (सरयू कमला) एक्सप्रेस रेल जनकपुरधाम आईपुगेको छ । हिजो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त रुपमा उद्घाटन गरेको सरयू कमला रेल आज विहान ९ः३० बजे जनकपुरधाम रेल्वे स्टेशन आईपुगेको छ । रेलमा चढेर आएका करीब ११०० जना यात्रुलाई रेल्वे स्टेशनमा भव्य स्वागत गरिएको छ ।

स्वागतका निम्ति मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव, युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमारसाह, जानकी मन्दिरका छोटे महन्थ राम रोशन दासलगायका विभिन्न सरकारी निकायका पदाधिकारीसहित जनकपुरधामवासीको उपस्थित रहेको थियो । यात्रुहरुलाई फूलमालासहित स्वागत गरिएको छ ।

स्वागतका निम्ति बटुकहरुलाई स्वस्तिक वाचन गरेका थिए भने, रेल्वे स्टेशन प्रांगनमा विशेष स्वागत समारोह पनि राखिएको छ । त्यस्तै, यात्रुहरुलाई निःशूल्क पानी, नास्ता, भोजन, स्वास्थ्य परीक्षण, मन्दिर दर्शन गराइएको छ ।

पहिलो पटक आएको यस रेलमा भारतका साधुसन्त, राजनीतिक र कुटनितीक निकायका पदाधिकारी, रेल्वे विभागका पदाधिकारी, भारतीय दुतावासका पदाधिकारीहरु रहेका छन् । यात्रुहरुले जानकी मन्दिर, राम मन्दिर र राजदेवी मन्दिर दर्शन गरेर आजै रेल फर्किने जनाइएको छ । अर्को हप्तादेखि उक्त रेलले व्यवसायीक यात्रा सुरु गर्नेछ ।

 

 

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्