काठमाडौँ। नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १४ सय रुपैयाँले बढेको हो।
यो संगै आज सुन प्रतितोला २ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ। कारोबारको अघिल्लो दिन बुधबार सुन प्रतितोला २ लाख ४१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला ३ हजार ७५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ३ हजार ४० रुपैयाँमा किनबेच भएको थियो।


प्रतिक्रिया दिनुहोस्