तस्विरहरू : सक्षम घिमिरे/नेपाल न्यूज बैंक
काठमाडौँ महानगरपालिका–१२, टेकुस्थित ‘फोहोरबाट ऊर्जा’ (वेस्ट–टु–इनर्जी) उत्पादन गर्ने परियोजनाको पुनःस्थापना भई परीक्षण सञ्चालन तथा हस्तान्तरण सम्पन्न भएको छ। बिहीबार टेकुमा आयोजित एक विशेष समारोहकाबीच ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको प्रमुख आतिथ्यता र काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलको विशेष उपस्थितिमा परियोजनाको परीक्षण सञ्चालन तथा हस्तान्तरण गरिएको हो। लामो समयदेखि प्रतीक्षा गरिएको यस परियोजनाको पुनःसञ्चालनले काठमाडौँको फोहोर व्यवस्थापन र स्वच्छ ऊर्जा उत्पादनको क्षेत्रमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।











Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्