काठमाडौं । नेपाल–अमेरिका वाणिज्य तथा उद्योग मण्डलका उपाध्यक्ष वीरेन्द्र राजकर्णिकारले संस्थाका सदस्यहरूलाई केवल दर्शक (बाइस्ट्यान्डर) नभई सक्रिय सहभागी (प्लेयर) का रूपमा संस्थागत गतिविधिमा संलग्न हुन आग्रह गरेका छन् ।
मण्डलको २५औँ वार्षिक साधारणसभा तथा हिमालयन बुलियन अवार्ड समारोहको उद्घाटन कार्यक्रममा मन्तव्य राख्दै उनले सदस्य तथा नवनिर्वाचित कार्यसमितिलाई संस्थाको हित र विकासका लागि सक्रिय भूमिका निर्वाह गर्न सुझाव दिएका हुन् ।
उनले प्रधानमन्त्री बालेन शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई उपहारस्वरूप प्रदान गरेको शालिग्रामको ¥यापिङ, प्लेटफर्म, प्याकेजिङ तथा सेटको डिजाइन हिमालयन बुलियन कम्पनीले गरेको जानकारी दिए।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने विभिन्न संघसंस्था तथा प्रायोजकप्रति आभार व्यक्त गर्दै राजकर्णिकारले गार्मेन्ट एसोसिएसन अफ नेपाललाई विशेष धन्यवाद दिए । उनले उक्त संस्था केवल अर्को व्यावसायिक संस्था मात्र नभई मण्डलको सहकार्य गर्ने महत्वपूर्ण संस्थागत साझेदार रहेको उल्लेख गरे ।
बिदा हुँदै गरेको कार्यसमिति सदस्यका रूपमा नयाँ कार्यसमितिलाई सुझाव दिँदै उनले देखावटीभन्दा सार्थक कामलाई प्राथमिकता दिन र ठूलो सोचका साथ अघि बढ्न आग्रह गरे ।
उनले भने, ‘सदस्यहरू दर्शक बनेर होइन, सक्रिय खेलाडीका रूपमा संलग्न हुनुहोस् । देखावटीपनभन्दा सार्थकतालाई प्राथमिकता दिनुहोस् र सबैभन्दा महत्वपूर्ण कुरा, ठूलो सोच राख्नुहोस् ।’
राजकर्णिकारले मण्डलका सदस्य तथा नयाँ कार्यसमितिको आगामी कार्यकाल प्रेरणादायी, उपलब्धिमूलक र सफल रहोस् भन्ने शुभकामनासमेत व्यक्त गरे ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्