भोजपुर । भोजपुरको दक्षिण आमचोक गाउँपालिकाबाट प्रहरीले बेवारिसे बन्दुक बरामद गरेको छ । गस्तीको क्रममा आमचोकमा एक थान भरूवा बन्दुक बरामद भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सुचना अधिकारी प्रहरी निरीक्षक राकेश राईले जानकारी दिए ।
अस्थायी प्रहरी चौकी दुम्माना भोजपुरबाट गस्ति गर्ने क्रममा आमचोक गाउँपालिका वडा नम्बर ८, खलङ्गा स्थित सानो सालघारी सामुदायिक वनबाट एक नाल भरुवा बन्दुक लुकाई छिपाई राखिएको बेवारिसे अवस्थामा फेला परेको प्रहरी निरीक्षक राईले बताए ।
बरामद गरिएको भरुवा बन्दुक सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्