Skip to content
nabil bank inside

डलर देखाएर ठगेको रकम मुद्दती खातामा प्रयोग

nmb bank inside

काठमाडौँ । एक गिरोहले १० वर्षदेखि डलर देखाएर ठगी गर्ने गरेको पाइएको छ । नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनीहरुले बाहिर डलर राख्ने र भित्र सोही आकारका कागज राखेर डलर साट्ने भनी नेपाली रुपैयाँ लिएर लाखौँ ठगी गरेको पाइएको हो ।

सिन्धुपाल्चोकका रामबहादुर तामाङ, सोही जिल्ला घर भई काठमाडौँको गोकर्णेश्वर बस्ने विवी तामाङ र रौतहट चन्द्रपुर घर भई काठमाडौँ बस्ने फरेन एक्सचेन्ज सेन्टरका सञ्चालक शङ्कर रेग्मीको मिलेमतोमा वर्षौँदेखि ठगी धन्दा चलाउँदै आएका अनुसन्धानबाट पुष्टि भएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार यसरी ठगी गरिएको रकम विभिन्न सहकारीमा लगेर मुद्दती खातामा राख्ने गरेको र केही रकम मिटरब्याजमा लगानी गरेको भेटिएको छ ।

त्यसैगरी प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार उनीहरुले उपत्यकाको विभिन्न स्थानका व्यक्तिलाई फोन सम्पर्क गरी सस्तो दरमा अमेरिकन डलर मिलाई दिन्छौँ भनि प्रलोभन देखाएर डलरको आकारमा काटिएको कागजको बिटो रुमालमा पोको पारेर दिई नेपाली रूपैयाँ ठगी गर्ने गरेका थिए । ‘दश वर्षदेखि कति ठगी गरेका छन् भन्ने कुरा अनुसन्धानकै क्रममा छ । गिरोहका केही योजनाकारलाई समातेका छौँ । अन्यको खोजी जारी छ’, रेग्मीले भने । तीन जनालाई समातिएको भन्दै यसबारे थप अनुसन्धान जारी रहेको उनको भनाइ छ ।

रेग्मीका अनुसार उनीहरुले चलाखी गरी आफू घटनास्थलमा देखा नपरी विभिन्न व्यक्तिलाई प्रयोग गरेर ठगी धन्दा चलाउँदै आएका छन् । ती गिरोहले ठमेलस्थित फरेन एक्सचेञ्ज सेन्टरमा लगेर ठगीमा प्रयोग हुने डलर साट्ने गरेका अनुसन्धानका क्रममा खुलेको उनले जनाएका छन् । ‘त्यही डलरको आकारमा कागज काटेर मिसाउने गरेका खुलेका छ’, रेग्मीले भने । तामाङको साथबाट ७१ हजार नेपाली रुयैयाँ र ६ सय ७ अमेरिकी डलर तथा डलर मिलाईदिने व्यक्ति फरेन एक्सचेन्ज सेन्टर प्रालिका सञ्चालक रेग्मीबाट रु ३ लाख र ५ सय ८३ डलर बरामद गरिएको प्रहरीले जनाएको छ ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्