Skip to content
nabil bank inside

देशभर ४२औँ राष्ट्रिय मगर एकता दिवस मनाउँदै…(फोटो-फिचर)

nmb bank inside

काठमाडौँ । मगर समुदायले (आज) मंगलबार ४२औँ राष्ट्रिय मगर एकता दिवस मनाउँदै छन् । देशभरका मगर समुदायले आज विविध कार्यक्रमको आयोजन गरी राष्ट्रिय मगर एकता दिवस मनाएका हुन् ।

प्रत्येक वर्षको फागुन १५ गते मगर जातिको अधिकार र अस्तित्वको रक्षाका लागि एकजुट भएर लागेको सम्झना तथा नेपाल मगर संघ स्थापनाका अवसरमा यो दिवस मनाउँदै आइरहेका छन् । मगर स्थापना दिवसका अवसरमा सबै जिल्लाको जिल्ला मगर संघ, नगर र गाउँपालिकास्तरीय मगर संघसँगै विदेशमा रहेका मगरसँग आवद्ध संघसंस्थाले स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाउँछन् ।

त्यसैगरी विभिन्न कारणले लोपोन्मुख रूपमा रहेको मगर समुदायमा प्रचलित सालैजो, झ्याउरे, कौडालगायतका लोकसंस्कृतिको जगेर्ना गर्न, नयाँ पुस्तालाई मगर भाषा तथा सांस्कृतिक ऐतिहासिक पक्ष, रीतिरिवाज रहनसहनबारे जानकारी दिलाउन पनि यो  दिवसले महत्त्वपूर्ण भूमिका खेल्छ । मगर समुदायको बाहुल्यता रहेका कतिपय पालिकाले आज उक्त दिवसका अवसरमा सार्वजनिक बिदासमेत दिएका छन् । राष्ट्रिय मगर एकता दिवस मनाउँदै गरेको तस्बिर बाँकि फोटो फिचरमा हेर्नुहोस्:

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्