काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आज अमेरिकी डलर एकको खरिद दर १ सय ३२ रुपैयाँ ३१ पैसा र बिक्री दर १ सय ३२ रुपैयाँ ९१ पैसा रहेको छ । सोमबार अमेरिकी डलरको विनिमय दर स्थिर रहेको छ ।
यस्तै, युरो एकको खरिद दर १ सय ४४ रुपैयाँ मुल्य ०७ पैसा र बिक्री दर १ सय ४४ रुपैयाँ ७३ पैसा रहेको छ । आज बेलायती पाउण्ड एकको खरिद दर १ सय ६८ रुपैयाँ ५८ पैसा र बिक्री दर १ सय ६९ रुपैयाँ ३४ पैसा रहेको छ ।