काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आज अमेरिकी डलर एकको खरिद दर १ सय ३२ रुपैयाँ ५६ पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ १६ पैसा रहेको छ ।
यस्तै, युरो एकको खरिद दर १ सय ४३ रुपैयाँ मुल्य ७७ पैसा र बिक्री दर १ सय ४४ रुपैयाँ ४३ पैसा रहेको छ । आज बेलायती पाउण्ड एकको खरिद दर १ सय ६८ रुपैयाँ २२ पैसा र बिक्री दर १ सय ६८ रुपैयाँ ९८ पैसा रहेको छ ।