काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आज अमेरिकी डलर एकको खरिद दर १ सय ३३ रुपैयाँ १९ पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ ७९ पैसा रहेको छ । सोमबारको तुलनामा मंगलबार अमेरिकी डलरको मुल्य स्थिर रहेको छ ।
यस्तै, युरो एकको खरिद दर १ सय ४४ रुपैयाँ मुल्य १४ पैसा र बिक्री दर १ सय ४४ रुपैयाँ ७९ पैसा रहेको छ । आज बेलायती पाउण्ड एकको खरिद दर १ सय ६८ रुपैयाँ २२ पैसा र बिक्री दर १ सय ६८ रुपैयाँ ९८ पैसा रहेको छ ।