Skip to content
nabil bank inside

मन्त्री खत्री भन्छन:-‘कृषिलाई व्यवस्थित बनाउन आवश्यक छ’

nmb bank inside

काठमाडौँ । कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री रामकुमार खत्रीले नेपालमा बहुसङ्ख्यक जनता कृषिमा आधारित रहेकाले कृषिलाई व्यवस्थित बनाउन आवश्यक रहेको बताएका छन् । उद्योग, कृषि तथा सहकारी मन्त्रालय विराटनगरले  बुधबार आयोजना गरेको ‘कृषि मूल्य सूचना प्रणाली’ सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् ।

उनले कृषिमा उत्रति गरेर नै अर्थतन्त्रलाई बलियो तथा समृद्ध नेपाल निर्माण सकिने जानकारी दिएका छन् । सहकारीमन्त्री खत्रीले कृषिमा मेहनत गर्ने किसानको पहिचान गरेर सरकारले आवश्यक सहुलियत दिने सरकारको योजना रहेको जनाउँदै कृषि उत्पादनको उचित मूल्यको पारदर्शिताले सुशासनमा सुधार आउने जनाएका हुन् । उनले प्राकृतिक रुपमा परिपूर्ण नेपाल पछिल्लो समयमा कृषि क्षेत्रमा कमजोर देखिएकाले कृषिलाई महत्व दिन स्थानीय पालिकासँग प्रदेश सरकारले छलफल गरेर कार्यक्रम तथा योजना ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मन्त्री खत्रीले कृषि सम्वाद कार्यक्रम सञ्चालन गरेर कृषिसँग जोडिएका ज्ञान, सीप र क्षमतालाई आमनागरिकसमक्ष पुर्याउन आवश्यक रहेकाले यसतर्फ ध्यान दिन मातहतका कर्मचारीलाई निर्देशन दिएका छन् । इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले कृषि मूल्य सूचना किसानसम्म सही तरिकाले पुगे विचोलियाको हैकम समाप्त हुने उल्लेख गर्दै सरकारले किसानलाई उच्च प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याएका छन् । त्यसैगरी धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले आयातीत कृषि उत्पादनले यहाँका किसान निकै मर्कामा परेकाले यसतर्फ सरकारको ध्यान जानुपर्नेमा जोड दिएका छन् ।

उद्योग, कृषि तथा सहकारी सचिव डा लेखराज दाहालले यो प्रणालीले वस्तु उत्पादन गर्ने किसान, व्यापारी र उपभोक्तालाई सहज हुने धारणा राखेका छन् । बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई, सूयविनायक नगरपालिका इलामका प्रमुख रणबहादुर राई, मन्त्रालयका प्रशासन तथा योजना प्रमुख पशुपति पोखरेल, धरान कृषि थोक बजारका व्यवस्थापक लक्ष्मण भट्टराई, उदयपुरका ईश्वर राना मगर, विर्तामोड झापाका राजेन्द्र कडरिया र खगेन्द्र महतो तथा प्राविधिक रेशिका कोइरालाले पनि आ-आफ्नो धारणा व्यक्त गरेका छन् ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्