Skip to content
nabil bank inside

विशेष अदालतमा मेडिकल सामान आपूर्तिकर्तासहित स्वास्थ्यका निर्देशकविरुद्ध मुद्दा दायर

nmb bank inside

काठमाडौँ । विशेष अदालतमा मेडिकल सामान आपूर्तिकर्तासहित स्वास्थ्यका निर्देशकविरुद्ध मुद्दा दायर गरेको छ । अख्तियार दुरुपयोग आयोगले  स्वास्थ्य निर्देशनालय धनकुटाका तत्कालीन निर्देशक चन्द्रदेव मेहता, लेखा अधिकृतलगायत मेडिकल उपकरण आयातकर्ता कम्पनीका सञ्चालकविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरका लागि एचडीयू उपकरण खरिद गर्दा भ्रष्टाचार गरेको पाइएको आयोगको भनाइ छ । यस्तै, आयोगले स्वास्थ्य निर्देशनालय धनकुटाका तत्कालीन निर्देशक मेहता, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरका इञ्जिनियर कुशल दाहाल, स्वास्थ्य निर्देशनालय धनकुटाका लेखा अधिकृत डण्डरसिंह विश्वकर्मा, स्वास्थ्य निर्देशनालय धनकुटाका खोप अधिकृत उदेशकुमार श्रेष्ठ भ्रष्टाचारको अभियोगमा मुद्दा दायर गरेको छ ।

हस्पिटेक इन्टरप्राइजेज काठमाडौँका सञ्चालक विशाल पण्डित र सोही कम्पनीका व्यवस्थापक मनोजकुमार आचार्यविरुद्ध समान रु २ करोड ८९ लाख ६६ हजार ५० बराबरको बिगो दावी गरिएको छ ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्