Skip to content
nabil bank inside

सोमबार काउलीको मूल्य घट्यो, अन्य तरकारी तथा फलफूलको मुल्यमा सामान्य घटबढ

nmb bank inside

काठमाडौँ । सोमबार तरकारी तथा फलफूल विकास समितिले फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसुची अनुसार आज काउलीको मूल्य घटेको छ ।

आज नेपाली ठुलो गोलभेडा ६० रुपैयाँ, लोकल सानो गोलभेडा १२ रुपैयाँ, सानो गोलभेडा (टनेल) १८ रुपैयाँ, रातो आलु ६० रुपैयाँ, भारतीय रातो आलु ५४ रुपैयाँ, रातो आलु (मुडे) ५० रुपैयाँ, भारतीय सुकेको प्याज ९० रुपैयाँ, लोकल गाजर ६० रुपैयाँ, बन्दा लोकल २२ रुपैयाँ, स्थानीय काउली ६० रुपैयाँ, स्थानीय काउली (ज्यापु) ८० रुपैयाँ, सेतो मुला हाइब्रिड ५० रुपैयाँ, भन्टा लाम्चो ४० रुपैयाँ, भन्टा डल्लो ५०, तने बोडी ५०, मकै बोडी ८०, लोकल घ्यु सिमी लोकल ६०, हाइब्रिड घ्यु सिमी ६०, राजमा ११०, भटमासकोसा ८० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

त्यस्तै, तितो करेला ३०, लौका ५०, लोकल परवर ३५ रुपैयाँ, चिचिण्डो ४० रुपैयाँ, घिरौला ६०, झिगुनी ४०, फर्सी पाकेको ३५, हरियो  हरियो फर्सी (डल्लो) २०, भिण्डी ५०, पिंडालू १००, स्कुस ५० रुपैयाँ, रायो साग ५० रुपैयाँ, तोरीको साग ४० रुपैयाँ, हरियो प्याज ८०, कन्य च्याउ ८०, डल्ले च्याउ २००, राजा च्याउ २८०, कुरिलो २००, न्युरो ७०, ब्रोकाउली १५०, चुकन्दर ५०, रातो बन्दा ५०, जिरीको साग ८०, सेलेरी १६०, पार्सले २६० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।

सोमबार पुदिना १६०, गान्टे मुला ७०, इमली १५०, तामा १००, तोफु १५०, गुन्द्रुक २५०, अदुवा २५०, सुकेको खुर्सानी ४६०, हरियो खुर्सानी ८०, खुर्सानी हरियो (बुलेट) ८०, खुर्सानी हरियो (अकबरे) ३००, खुर्सानी हरियो (माछे) ३०, भेडे खुर्सानी ४०, हरियो लसुन ८०, हरियो धनियाँ ६०, चाइनिज सुकेको लसुन २००, नेपाली सुकेको लसुन १९०, छ्यापी सुकेको १५० रुपैयाँ, फुजी स्याउ ३००, केरा (दर्जन) १३०, कागती २२०, आँप (मालदह) ७०, आँप (दसहरी) ७०, मौसम १६०, जुनार २२०, भुई कटहर प्रति गोटा १६०, लोकल काक्रो ८०, हाइब्रिड काक्रो ४०, रुख कटहर ३०, नासपाती (चाइनिज) २२०, भारतीय मेवा ८०, लिच्ची (लोकल) १४०, लिच्ची भारतीय २००, किवि ५५० र आभोकाडो ५५० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्