Skip to content
nabil bank inside

बुधबार आभोकाडो मूल्य बढ्यो, अन्य तरकारी तथा फलफूलको मूल्य कति ?

nmb bank inside

काठमाडौँ । बुधबार तरकारी तथा फलफूल विकास समितिले फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसुची अनुसार आज आभोकाडोको मूल्य बढेको छ ।

आज नेपाली ठुलो गोलभेडा ६० रुपैयाँ, लोकल सानो गोलभेडा २० रुपैयाँ, सानो गोलभेडा (टनेल) २८ रुपैयाँ, रातो आलु ५८ रुपैयाँ, भारतीय रातो आलु ५४ रुपैयाँ, रातो आलु (मुडे) ४८ रुपैयाँ,भारतीय सुकेको प्याज ८८ रुपैयाँ, लोकल गाजर ६० रुपैयाँ, बन्दा लोकल १८ रुपैयाँ, स्थानीय काउली ७० रुपैयाँ, स्थानीय काउली (ज्यापु) ८० रुपैयाँ, सेतो मुला ५० रुपैयाँ, भन्टा लाम्चो ३० रुपैयाँ, भन्टा डल्लो ५०, तने बोडी ४०, मकै बोडी ९०, लोकल घ्यु सिमी लोकल ६०, हाइब्रिड घ्यु सिमी ६०, राजमा १२०, भटमासकोसा ८० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

त्यस्तै, तितो करेला ४०, लौका ५०, लोकल परवर २८ रुपैयाँ, चिचिण्डो ४० रुपैयाँ, घिरौला ६०, झिगुनी ४०, फर्सी पाकेको ३५, हरियो  हरियो फर्सी (डल्लो) ३०, भिण्डी ७०, पिंडालू ९०, स्कुस ५० रुपैयाँ, रायो साग ५० रुपैयाँ, तोरीको साग ४० रुपैयाँ, हरियो प्याज ८०, कन्य च्याउ १००, डल्ले च्याउ २५०, राजा च्याउ २८०, कुरिलो २००, न्युरो ८०, ब्रोकाउली १४०, चुकन्दर ६०, रातो बन्दा ५०, जिरीको साग ८०, सेलेरी १६०, पार्सले २५० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।

बुधबार पुदिना १६०, गान्टे मुला ७०, इमली १५०, तामा १००, तोफु १५०, गुन्द्रुक २५०, अदुवा २२०, सुकेको खुर्सानी ४६०, हरियो खुर्सानी ९०, खुर्सानी हरियो (बुलेट) ९०, खुर्सानी हरियो (अकबरे) ३००, खुर्सानी हरियो (माछे) ४०, भेडे खुर्सानी ४०, हरियो लसुन ८०, हरियो धनियाँ १५०, चाइनिज सुकेको लसुन २१०, नेपाली सुकेको लसुन २२०, छ्यापी सुकेको १४० रुपैयाँ, फुजी स्याउ ३००, केरा (दर्जन) १३०, कागती २००, आँप (मालदह) ६०, आँप (दसहरी) ७०, मौसम १६०, जुनार २२०, भुई कटहर प्रति गोटा १६०, लोकल काक्रो ६०, हाइब्रिड काक्रो ३५, रुख कटहर ४०, नासपाती (चाइनिज) २२०, भारतीय मेवा ८०, लिच्ची (लोकल) १३०, लिच्ची भारतीय २००, किवि ५५० र आभोकाडो ६०० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्