काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०६ पैसा र बिक्री दर १३४ रुपैयाँ ६६ पैसा रहेको छ ।
आज युरो एकको खरिद दर १४६ रुपैयाँ ४१ पैसा र बिक्री दर १४७ रुपैयाँ ०६ पैसा रहेको छ । मंगलबार बेलायती पाउण्डको खरिद दर १७१ रुपैयाँ ०९ पैसा र बिक्री दर १७१ रुपैयाँ ८६ पैसा रहेको छ ।
