काठमाडौँ । बुधबार तरकारी तथा फलफूल विकास समितिले फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसुची अनुसार आज हरियो खुर्सानीको मूल्य बढ्दा गोलभेडाको मूल्य घटेको हो ।
बुधबार नेपाली ठुलो गोलभेडा ७० रुपैयाँ, लोकल सानो गोलभेडा ४० रुपैयाँ, सानो गोलभेडा (टनेल) ५० रुपैयाँ, रातो आलु ६५ रुपैयाँ, भारतीय रातो आलु ५५ रुपैयाँ, सेतो आलु ५२ रुपैयाँ, भारतीय सुकेको प्याज ९५ रुपैयाँ, लोकल गाजर १०० रुपैयाँ, तराई गाजर ७० रुपैयाँ, बन्दा लोकल ६० रुपैयाँ, बन्दा तराई ५० रुपैयाँ, स्थानीय काउली ८० रुपैयाँ, स्थानीय काउली (ज्यापु) ११० रुपैयाँ, रातो मुला ३०, सेतो मुला लोकल २० रुपैयाँ, भन्टा लाम्चो ४० रुपैयाँ, भन्टा डल्लो ५०, तने बोडी ६०, मकै बोडी ६०, घिउ सिमी लोकल ६०, घिउ सिमी राजमा १६०, भटमासकोसा १३० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।
त्यस्तै, तितो करेला ४०, लौका ४०, लोकल परवर ७० रुपैयाँ, चिचिण्डो ४० रुपैयाँ, घिरौला ५०, झिगुनी ६०, फर्सी पाकेको ५५, भिण्डी ३०, पिंडालू ७०, स्कुस ३० रुपैयाँ, रायो साग ७० र तोरीको साग ५० रुपैयाँ, हरियो प्याज ३००, कन्य च्याउ १५०, डल्ले च्याउ ३६०, राजा च्याउ २८०, सिताके च्याउ ९५०, कुरिलो ३५०, न्युरो ८०, ब्रोकाउली १५०, चुकन्दर ६०, रातो बन्दा ११०, जिरीको साग १००, सेलेरी २५०, पार्सले १२००, पुदिना ६००, गान्टे मुला ८०, इमली १५०, तामा १००, तोफु १४०, गुन्द्रुक २००, अमला ९०, अदुवा १८०, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी १८०, खुर्सानी हरियो (बुलेट) १८०, खुर्सानी हरियो (अकबरे) ३००, खुर्सानी हरियो (माछे) ७०, भेडे खुर्सानी ६०, हरियो लसुन २००, हरियो धनियाँ ४००, चाइनिज सुकेको लसुन २४०, नेपाली सुकेको लसुन २००, छ्यापी सुकेको १५० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।
बुधबार फुजी स्याउ ३००, केरा (दर्जन) १४०, कागती २४०, अनार ३८०, अंगुर (कालो) ४००, मौसम १४०, जुनार २२०, भुई कटहर प्रति गोटा १६०, लोकल काक्रो ५५, हाइब्रिड काक्रो ३०, रुख कटहर ४०, नासपाती (लोकल) ९०, नासपाती (चाइनिज) २८०, अम्बा ३००, लप्सी ७०, किवि ४५० र आभोकाडो ३५० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्