Skip to content
nabil bank inside

रुख कटहरको मूल्य बढ्यो, शुक्रबार अन्य तरकारी तथा फलफूलको मुल्यमा सामान्य घटबढ

nmb bank inside

काठमाडौँ । शुक्रबार तरकारी तथा फलफूल विकास समितिले फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसुची अनुसार आज रुख कटहरको मूल्य बढेको हो ।

शुक्रबार  नेपाली ठुलो गोलभेडा ९० रुपैयाँ, लोकल सानो गोलभेडा ३० रुपैयाँ, सानो गोलभेडा (टनेल) ४२ रुपैयाँ,रातो आलु ६५ रुपैयाँ, भारतीय रातो आलु ५५ रुपैयाँ, सेतो आलु ५४ रुपैयाँ,भारतीय सुकेको प्याज ९५ रुपैयाँ, लोकल गाजर १०० रुपैयाँ, तराई गाजर ८० रुपैयाँ, बन्दा लोकल ६० रुपैयाँ, बन्दा तराई ४५ रुपैयाँ, स्थानीय काउली ७० रुपैयाँ, स्थानीय काउली (ज्यापु) ९० रुपैयाँ, रातो मुला ३०, सेतो मुला लोकल १५ रुपैयाँ, भन्टा लाम्चो ३० रुपैयाँ, भन्टा डल्लो ४०, तने बोडी ६०, मकै बोडी ७०, घिउ सिमी लोकल ६०, घिउ सिमी राजमा १७०, भटमासकोसा १२० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

त्यस्तै, तितो करेला ३०, लौका ४०, लोकल परवर ६० रुपैयाँ, चिचिण्डो ३० रुपैयाँ, घिरौला ४०, झिगुनी ५०, फर्सी पाकेको ५०, भिण्डी २५, पिंडालू ८०, स्कुस ३० रुपैयाँ, रायो साग ९० र तोरीको साग ५० रुपैयाँ, हरियो प्याज २८०, कन्य च्याउ १४०, डल्ले च्याउ ३२०, राजा च्याउ २८०, सिताके च्याउ ९५०, कुरिलो २००, न्युरो ८०, ब्रोकाउली १६०, चुकन्दर ७०, रातो बन्दा ११०, जिरीको साग ९०, सेलेरी ३५०, पार्सले १२००, पुदिना ५००, गान्टे मुला ८०, इमली १४०, तामा १००, तोफु १४०, गुन्द्रुक २५०, अदुवा १८०, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी ८०, खुर्सानी हरियो (बुलेट) ११०, खुर्सानी हरियो (अकबरे) ३००, खुर्सानी हरियो (माछे) ८०, भेडे खुर्सानी ७०, हरियो लसुन १५०, हरियो धनियाँ २५०, चाइनिज सुकेको लसुन २५०, नेपाली सुकेको लसुन २२०, छ्यापी सुकेको १५० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।

शुक्रबार फुजी स्याउ ३००, केरा (दर्जन) १३०, कागती २३०, अनार ३८०, अंगुर (कालो) ४००, मौसम १३०, जुनार २२०, भुई कटहर प्रति गोटा १६०, लोकल काक्रो ५०, हाइब्रिड काक्रो २५, रुख कटहर ८०, नासपाती (लोकल) ९०, नासपाती (चाइनिज) २८०,  लप्सी ६०, किवि ४५० र आभोकाडो ३५० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्