काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ७१ पैसा र बिक्री दर १३४ रुपैयाँ ३१ पैसा रहेको छ ।
आज युरो एकको खरिद दर १४८ रुपैयाँ ७६ पैसा र बिक्री दर १४९ रुपैयाँ ४३ पैसा रहेको छ । बिहीबार बेलायती पाउण्डको खरिद दर १७६ रुपैयाँ ६५ पैसा र बिक्री दर १७७ रुपैयाँ ४४ पैसा रहेको छ ।
