Skip to content
nabil bank inside

तरकारी बजारमा बिहीबार पार्सले प्रतिकेजी १८ सय रुपैयाँमा कारोबार हुँदै

nmb bank inside

काठमाडौँ । बिहीबार तरकारी तथा फलफूल विकास समितिले फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसुची अनुसार आज पार्सलेको मूल्य बढेको हो ।

बिहीबार नेपाली ठुलो गोलभेडा ६० रुपैयाँ, लोकल सानो गोलभेडा २० रुपैयाँ, सानो गोलभेडा (टनेल) २८ रुपैयाँ, रातो आलु ७० रुपैयाँ र भारतीय रातो आलु ५४ रुपैयाँ रुपैयाँ, भारतीय सुकेको प्याज ११० रुपैयाँ, लोकल गाजर १००  रुपैयाँ, तराई गाजर ९० रुपैयाँ, बन्दा लोकल ४० रुपैयाँ, बन्दा तराई ३० रुपैयाँ, स्थानीय काउली ९० रुपैयाँ, रातो मुला २५, सेतो मुला लोकल २० रुपैयाँ, भन्टा लाम्चो २५ रुपैयाँ, भन्टा डल्लो ३०, तने बोडी ६०, मकै बोडी ७०, घिउ सिमी लोकल ६०, टाटे सिमी ६०, भटमासकोसा ९० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

तितो करेला ५०, लौका ४०, लोकल परवर ६० रुपैयाँ, चिचिण्डो २० रुपैयाँ, घिरौला ६०, झिगुनी ६०, फर्सी पाकेको ४०, भिण्डी ४०, पिंडालू ५०, स्कुस २० रुपैयाँ, त्यस्तै, रायो साग ९० र तोरीको साग ५० रुपैयाँ, हरियो प्याज २००, कन्य च्याउ १२०, डल्ले च्याउ ३००, राजा च्याउ २८०, कुरिलो ४००, न्युरो ७०, ब्रोकाउली ९०, चुकन्दर ६०, जिरीको साग ९०, सेलेरी ६००, पार्सले १८००, पुदिना ६००, गान्टे मुला ७०, इमली १५०, तामा ९०, तोफु १००, गुन्द्रुक २५०, अदुवा १८०, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी १००, खुर्सानी हरियो (बुलेट) १००, खुर्सानी हरियो (अकबरे) २००, खुर्सानी हरियो (माछे) ६०, भेडे खुर्सानी १००, हरियो लसुन २००, हरियो धनियाँ १००, चाइनिज सुकेको लसुन २८०, छ्यापी सुकेको १६० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।

बिहीबार फुजी स्याउ ३००, केरा (दर्जन) १४०, कागती २००, अनार ४००, अंगुर (कालो) ३५०, मौसम १००, जुनार २७०, भुई कटहर प्रति गोटा १६०, लोकल काक्रो ४०, हाइब्रिड काक्रो १५, निबुवा ५०, अम्बा १२०, नासपाती (लोकल) ९०, नासपाती (चाइनिज) २८०, मेवा (नेपाली) ५०, लप्सी ४०, किवि ३००, आभोकाडो २०० र अमला ८० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्