Skip to content
nabil bank inside

कन्य च्याउको मूल्य बढ्यो, सोमबार अन्य तरकारी तथा फलफूलको मुल्यमा सामान्य घटबढ

nmb bank inside

काठमाडौँ । सोमबार तरकारी तथा फलफूल विकास समितिले फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसुची अनुसार आज कन्य च्याउको मूल्य बढेको हो ।

सोमबार भारतीय ठुलो गोलभेडा ८० रुपैयाँ, लोकल सानो गोलभेडा ३० रुपैयाँ, सानो गोलभेडा (टनेल) ४० रुपैयाँ, मुडे रातो आलु ६५ रुपैयाँ र भारतीय रातो आलु ६० रुपैयाँ रुपैयाँ, भारतीय सुकेको प्याज ११० रुपैयाँ, लोकल गाजर १२०  रुपैयाँ, तराई गाजर १०० रुपैयाँ, बन्दा लोकल ५० रुपैयाँ, बन्दा तराई ४० रुपैयाँ, स्थानीय काउली ९० रुपैयाँ, रातो मुला २५, सेतो मुला लोकल २० रुपैयाँ, भन्टा लाम्चो २० रुपैयाँ, भन्टा डल्लो ३०, तने बोडी ६०, मकै बोडी ९०, घिउ सिमी लोकल ७०, टाटे सिमी ७०, भटमासकोसा ८० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

त्यस्तै, तितो करेला ६०, लौका ४०, लोकल परवर ६० रुपैयाँ, चिचिण्डो २० रुपैयाँ, घिरौला ८०, झिगुनी ७०, फर्सी पाकेको ४०, भिण्डी ४०, बरेला १२०, पिंडालू ५०, स्कुस २० रुपैयाँ, रायो साग ७० र तोरीको साग ५० रुपैयाँ, हरियो प्याज २००, कन्य च्याउ १६०, डल्ले च्याउ २८०, राजा च्याउ २८०, कुरिलो ४००, न्युरो ७०, ब्रोकाउली १३०, चुकन्दर ७०, जिरीको साग ७०, सेलेरी ७००, पार्सले १८००, पुदिना ७००, गान्टे मुला ७०, इमली १४०, तामा ९०, तोफु ११०, गुन्द्रुक २५०, अदुवा १८०, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी ९०, खुर्सानी हरियो (बुलेट) १००, खुर्सानी हरियो (अकबरे) २५०, खुर्सानी हरियो (माछे) ९०, भेडे खुर्सानी १२०, हरियो लसुन ३००, हरियो धनियाँ १२०, चाइनिज सुकेको लसुन २८०, छ्यापी सुकेको १६०  रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।

सोमबार फुजी स्याउ ३२०, केरा (दर्जन) १४०, कागती २००, अनार ४००, अंगुर (कालो) ३५०, मौसम ११०, जुनार २८०, भुई कटहर प्रति गोटा १६०, लोकल काक्रो ५०, हाइब्रिड काक्रो २५, निबुवा ४०, अम्बा ७०, नासपाती (लोकल) १००, नासपाती (चाइनिज) २८०, मेवा (नेपाली) ५०, लप्सी ३०, किवि ३००, आभोकाडो २०० र अमला ८० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्