Skip to content

धनतेरसको लागि कात्तिक १३ गते मात्रै सुनका असर्फी बिक्री हुने

nmb bank inside

काठमाडौँ । नेपाल राष्ट्र बैंकले धनतेरसको लागि आगामी कात्तिक १३ गते मंगलबारका दिन मात्रै सुनका असर्फी बिक्री गर्ने भएको छ। मंगलबार बिहान ११ बजेदेखि बिक्री कार्य खुला हुनेछ। मौज्दात बाँकी रहेमा ४ बजेसम्म बिक्री खुला रहने राष्ट्र बैंकले जनाएको छ ।

सर्वसाधारणले खरिद गर्न पाउने सुनको असर्फी २.५ ग्रामको हुनेछ। चाँदीको स्मारिका तथा मेडालियन भने कात्तिक ११ गतेदेखि १४ गतेसम्म बिक्री हुने भएको छ। प्रतिव्यक्तिले अधिकतम पाँच थानसम्म चाँदीका सिक्का किन्न पाउने भएका हुन्।

यस वर्षबाट चाँदीका मेडालियनको मूल्य समेत बढेको राष्ट्र बैंकले उल्लेख गरेको छ। प्रतिसिक्का तथा मेडालियनको दुई सयदेखि ६ सय ५० रूपैयाँसम्म मूल्य बढेको छ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्