काठमाडौँ । मोटरसाइकल प्रयोग गरी अवैध कारोबारमा संलग्न भारतीय नागरिकलाई प्रहरीले रौतहटबाट पक्राउ गरेको छ । बिहीबार भारत विहार प्रदेश सीतामढी जिल्ला असोगी टोलका ६२ वर्षीय चन्देश्वर साह सोनार करिब आठ केजी चाँदीका गहनासहित पक्राउ परेको रौतहट प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए ।
विआर ३० एफ ६६३५ नम्बरको मोटरसाइकल प्रयोग गरी सीमापारि वैरगनियाबाट नेपालतर्फ आउँदै गरेका साह गौर भन्सार कार्यालय अगाडि पक्राउ परेको प्रहरीले जनाएको छ । मोटरसाइकलको ट्याङ्कीमुनि प्लास्टिकमा लुकाइछिपाइ ल्याउँदै गरेको अवस्थामा प्रहरीले शङ्का लागि जाँच गर्दा पक्राउ परेका साहलाई निजले प्रयोग गरेको मोटरसाइकल, बरामद गरिएको गहनासहित सार्वजनिक गरिएको हो ।
प्रमुखका हैसियतले प्रहरी उपरीक्षक दिलीप घिमिरेको कार्यकालमा जिल्लामा चोरी निकासीसहित अवैध गतिविधि कम भइरहेको भनी सर्वत्र प्रशंसा भइरहेको अवस्थामा अवैध घटनाक्रम दोहोरिन थालेको भनी जिल्लावासीले चिन्ता व्यक्त गर्दै शान्ति सुव्यवस्था सुनिश्चित गर्न स्थानीय प्रशासनको ध्यानाकर्षण गरेका छन् ।रासस
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्