Skip to content

जंगली च्याउ खाँदा एकैघरका पाँचजना बिरामी

nmb bank inside

काठमाडौँ । पूर्वी नवलपरासीमा जंगली च्याउको तरकारी पकाएर खाँदा एकैघरका पाँचजना बिरामी परेका छन्। शनिबार साँझ जंगली च्याउको तरकारी खाएका देवचुली नगरपालिका( २ का ४८ वर्षीय बाबुलाल राजवंशीको परिवार बिरामी परेका जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।

नजिकैको जंगलबाट टिपेर ल्याएको च्याउको तरकारी खाँदा बाबुलालसहित ४६ वर्षीया रनमाया राजवंशी, २८ वर्षीया धनमाया राजवंशी, २६ वर्षीय मदन राजवंशी र ९ वर्षीया रिदिमा बिरामी परेका हुन्। उनीहरुमा झाडापखाला हुने, रिंगटा लाग्नेसहितका लक्षण देखिएपछि सबैलाई उपचारको लागि चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेज चितवनमा भर्ना गरिएको छ। बिरामी सबैको स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्