Skip to content
nabil bank inside

काठमाडौँबाट पेस्तोलसहित एक जना पक्राउ

nmb bank inside

काठमाडौँ । काठमाडौँबाट पेस्तोलसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा दैलेखको भगवतीमाई गाउँपालिका–७ स्थायी ठेगाना भएका २५ वर्षीय अनिल खड्का रहेको जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले जानकारी दिए। नागार्जुन नगरपालिका–१६ रानीवनस्थित नमुनाटोलबाट शनिबार राति ती युवकलाई पेस्तोलसहित प्रहरीले पक्राउ गरेको हो।

ती व्यक्तिले पेस्तोल देखाएर स्थानीयलाई त्रसित बनाउँदै गरेको भन्ने सूचनाको आधारमा प्रहरीले खोजी सुरु गरेको थियो। सोही सूचनाको आधामा प्रहरीले ती युवाको डेरामा खानतलास गर्दा प्रहरीले ‘अटो पिस्तल यूएसए ६५ नं १’ लेखिएको पेस्तोल र खाली म्यागजिन बरामद गरेको हो।

प्रहरी वृत्त स्यम्भुबाट प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको छ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्