Skip to content
nabil bank inside

२२ सयले बढ्यो सुनको मूल्य,तोलाको एक लाख ७० हजारभन्दा बढी

nmb bank inside

काठमाडौँ । सुनको मूल्यले हालसम्मकै महँगो रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य एक लाख ७० हजार सात सय रुपैयाँ कायम भएको छ। आज एकैदिन २२ सय रुपैयाँ बढेर सुन अहिलेसम्मकै महँगो बनेको हो। मंगलबार सुनको मूल्य तोलाको एक लाख ६८ हजार पाँच सय रुपैयाँ थियो।

बुधबार चाँदीको मूल्य पनि बढेको छ। चाँदी आज तोलाको दुई हजार एक सय २० रुपैयाँ कायम भएको छ। हिजो चाँदीको मूल्य दुई हजार एक सय पाँच रुपैयाँ थियो।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्