काठमाडौँ । आज मंगलबार काठमाडौँ उपत्यकाको तापक्रम पोस्ट मनसुनयताकै कम भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज उपत्यकाको न्यूनतम तापक्रम १३ डिग्री सेल्सियसमा झरेको हो। मौसम महाशाखाका मौसमविद् राजु प्रधानांगले उपत्यकामा आज मापन गरिएको न्यूनतम तापक्रम पोस्ट मनसुनयताकै कम भएको पुष्टि गरेका छन् ।
यसअघि उपत्यकाको सबैभन्दा कम न्यूनतम तापक्रम कात्तिक ५ र ६ गते १३.८ डिग्री सेल्सियस थियो।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्