Skip to content
nabil bank inside

त्रिभुवन विमानस्थल कार्तिक २३ गतेदेखि दैनिक १० घण्टा बन्द हुने

nmb bank inside

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्तिक २३ गतेदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ। विमानस्थलको रनवेसँग समानान्तर हुनेगरी ट्याक्सी वे बनाउन लागेकाले दैनिक १० घण्टा बन्द हुने भएको बताइएको छ। विमानस्थलको धावनमार्गको क्षमता अभिवृद्धिका लागि दैनिक १० घण्टाका दरले काम गर्दा करिव ५ महिना लाग्ने हुँदा कार्तिकमा नै काम गर्नुपरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले स्पष्ट पारेको छ।

हिउँद महिनामा कम उडान हुने भएकोले अहिलेको समय मात्र विकल्प भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले जानकारी दिए।  उनले धावनमार्गको स्तरोन्नतिको काममा सबै क्षेत्रका वायुसेवा प्रदायक संस्थाबाट सहमति लिइएको बताए। गर्मी याममा काम गर्न नसकिने, त्यसै बेला मनसुन पनि हुने भएकाले पनि विमानस्थलको धावनमार्ग स्तरोन्नतिको कामलाई अघि बढाउन लागिएको पनि प्राधिकरणले जनाएको छ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्