Skip to content

रवि लामिछानेलाई थप २५ दिन हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने माग

nmb bank inside

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप २५ दिन हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने भन्दै प्रहरीले जिकिर लिएको छ । जिल्ला सरकारी वकिलको कार्यालयमार्फत प्रहरीले रविमाथि अनुसन्धान गर्न कास्की जिल्ला अदालतमा थप २५ दिनको म्याद दिनुपर्ने माग गरेको हो।

न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासमा रविको पक्षबाट अधिवक्ताहरू नारायण घिमिरे, नारायण कँडेल, सुशील पन्तलगायतले बहस गर्दै रिहा गर्न माग गरेका हुन् । तर पीडितको पक्षमा युवराज पराजुली र सरकारी वकिल कार्यालयकी सविता काफ्लेले बहस गरेको अदालत स्रोतले जनाएको छ ।

कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका लामिछानेमाथि कास्की प्रहरीले सहकारी ठगीको अभियोगमा अनुसन्धान गरिरहेको छ ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्