Skip to content

सीआईबीले थाल्यो भैंसेपाटी हनी ट्रयाप प्रकरणको अनुसन्धान

nmb bank inside

काठमाडौँ । ललितपुरमा प्रहरीको मिलेमतोमा ‘हनी ट्र्याप’ मा पारेको घटनाको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गर्ने भएको छ। एक जना व्यापारीलाई बलात्कारको मुद्दामा फसाउने भन्दै ३० लाख असुली गरेको घटनामा जिल्ला प्रहरी परिसर ललितपुरले अनुसन्धान गर्न सिआइबीमा पठाएको हो।

ललितपुरका एसएसपी शेखर खनालका अनुसार बुधबार अनुसन्धानका लागि पक्राउ परेका चारै जना व्यक्तिहरू र मिसिल पठाइसकेको छ।

अनुसन्धानकै क्रममा प्रहरी प्रभाग भैंसेपाटीमा इन्चार्ज हुँदा घटना भएको खुलेपछि प्रहरी निरीक्षक बिनुकुमारी शाहीलाई निलम्बन गरी पक्राउ पुर्जी जारी गरिएको थियो। तर उनी अझै फरार छिन्। अनुसन्धानकै बीच एसपी कमल थापा समेतको नाम जोडिएको छ।

प्रहरीका सिनियर अधिकारीसमेत जोडिएको र अन्तरजिल्लाको समेत घटना जोडिएपछि ललितपुर प्रहरीले सिआइबीलाई अनुसन्धान गर्ने जिम्मा दिएको हो।

 

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्