काठमाडौँ । कालीकोटमा जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ। आइतबार दिउँसो कालीकोटको पलाँता गाउँपालिका ३ राढुनेटामा यात्रुवाहक जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको हो।
पलाँता गाउँपालिकाका उपाध्यक्ष अलैपुरा जैशीले २० जना सवार बोलेरो जिप भिरबाट खसेको र आठ जनाको घटनास्थलमै मृत्यु भएको जानकारी दिइन्। मृतकको नाम र पहिचान खुलेको छैन। जिपको नम्बर पनि खुलिसकेको छैन।
दुर्घटनास्थलतर्फ टोली परिचालित भइसकेको जिल्ला प्रहरी कार्यालय कालीकोटका डिएसपी टेकबहादुर रावतले जानकारी दिए।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्