काठमाडौँ । बैतडीमा आफ्नै जेठानीले चिर्पट प्रहार गरी देउरानीको हत्या भएको छ । मृत्युु हुनेमा जिल्लाको डिलाशैनी गाउँपालिका–२ छेपट्टकी २३ वर्षीया सुनिता बोहरा रहेकी छन्। सुनितालाई उनकी जेठानी ३० वर्षीया दिपा बोहराले चिर्पटले हिर्काएर हत्या गरेकी हुन्।
घरायसी विवादमा झै–झगडा हुँदा दीपाले दाउराको चिर्पट प्रहार गर्दा घटनास्थलमै सुनीताको मृत्यु भएको भन्ने सूचनापछि प्रहरी टोली खटिएको थियो ।घटनाका विषयमा विस्तृत अनुसन्धान भइरहेको र घटनास्थल बुझ्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्