Skip to content

स्कुल बसको ठक्करबाट बालकको मृत्युपछि कञ्चनपुर क्षेत्र तनावग्रस्त

nmb bank inside

काठमाडौँ । कञ्चनपुरमा स्कुल बसको ठक्करबाटएक बालकको मृत्यु भएको छ। बसको ठक्करबाट गम्भीर घाइते भएका शुक्लाफाँटा नगरपालिका–५ का ८ वर्षीय अनमोल कुँवरको मृत्यु भएको हो।

विद्यार्थी उतारेर बस अघि बढ्दा डायमण्ड स्कुलमै अध्ययरत अनमोलको खुट्टामा गम्भीर चोट लागेको थियो। भारतको लखनौंस्थित ईभीए अस्पतालमा उपचारको क्रममा बालकको मंगलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी चक्रराज जोशीले बताए।

बालकको मृत्यु भएपछि आफन्त र स्थानीय आक्रोशित बनेका छन्। दोषीमाथि कारबाहीको माग गर्दै विद्यालयमा भेला भएपछि अहिले सो क्षेत्र तनावग्रस्त छ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्