Skip to content
nabil bank inside

महसुल १५ दिनभित्र नतिरे फेरि लाइन काटिन्छः कुलमान घिसिङ

nmb bank inside

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले डेडिकेटेड र ट्रंकलाइन विद्युत प्रयोग गरेबापतको बक्यौता महसुल १५ दिनभित्र नतिरे फेरि लाइन काट्ने बताएका छन्। बुधबार पत्रकार सम्मेलन गर्दै घिसिङले सरकारको निर्णय बमोजिम अहिले लाइन जोडिएको जानकारी दिए।

उनले अब यो विषय प्राधिकरण र सरकारको मात्र नभइ आम जनचासोको विषय बन्नुपर्ने पनि बताए। बक्यौता तिर्नको लागि २८ किस्ताको सुविधा दिइएको भन्दै घिसिङले एउटा मात्रै किस्ता तिरेका उद्योगको पनि लाइन नकाटिएको बताए। अहिले १४ उद्योगले यस्तो सुविधा उपभोग गरिरहेको उनको भनाइ छ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्