Skip to content
nabil bank inside

एनपिएलको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्सबाट हुने

nmb bank inside

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करण प्रशारण भारतीय टेलिभिजन स्टार स्पोर्ट्स नेटवर्कबाट हुने भएको छ। एनपिएलको स्ट्राटेजिक एण्ड कमर्सियल राइट्स लिएको ब्रान्ड लजिकका अनुसार भारतीय स्पोर्ट्स च्यानल स्टार स्पोर्ट्स नेटवर्कबाट एनपिएलका खेल प्रत्यक्ष प्रशारण हुने भएको हो।

आज काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले एनपीएलको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्सबाट हुने जानकारी दिए । एनपीएलको प्रत्यक्ष प्रसारणका लागि स्वदेशी टेलिभिजनहरू इच्छुक भए पनि क्यानले गुणस्तरका र अन्तर्राष्ट्रिय ब्रान्डिङका लागि भन्दै भारतीय च्यानल रोजेको हो ।

यस्तै एनपीएलको मुख्य प्रायोजक सिद्धार्थ बैंक रहने भएको छ । नेपाल क्रिकेट सङ्घको आयोजनामा आठ वटा टोली सहभागी हुने एनपीएलको पहिलो संस्करण आउँदो मङ्सिर १५ गतेदेखि पुस ६ गतेसम्म हुँदैछ ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्