Skip to content
nabil bank inside

नेकपा बहुमतका कार्यकर्ताले गरे व्यवसायीमाथि चक्कु प्रहार

nmb bank inside

काठमाडौँ । मिटर ब्याज असुलेको आरोपमा नेकपा बहुमतका कार्यकर्ताले दाङ घोराहीका एक व्यवसायीमाथि चक्कु प्रहार गरेका छन् । बिहीबार दाङ घोराहीको विपी चोकस्थित सञ्जिवनी कलेजका शिक्षकसँग ऋण असुल्न गएका बेला नेकपा बहुमतका कार्यकर्ताले धनबहादुर बस्नेतको नाकमा चक्कु प्रहार गरेका हुन्

घाइते बस्नेत राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार गराएर घर फर्किसकेका छन् । आक्रमणमा संलग्न नेकपा बहुमतका कार्यकर्ता फरार रहेका र खोजी भइरहेको दाङ प्रहरी प्रमुख अर्जुन तिमिल्सेनाले जानकारी दिए ।

यसअघि पनि नेकपा बहुमतका कार्यकर्ताले अर्का मिटरब्याजी दुर्गाप्रसाद पन्तलाई कालोमोसो दलेका थिए ।

 

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्