काठमाडौँ । आज (शुक्रबार) काठमाडौँका तीन स्थानमा विभिन्न समूहले प्रदर्शन गर्दै छन्। सहकारी पीडित,नेकपा एमाले र मेडिकल व्यवसायी दुर्गा प्रसाईँ समूहले आज काठमाडौँका फरक फरक स्थानमा प्रदर्शन गर्ने भएका हुन्।
एमालेले दरबारमार्गमा जागरण सभा गर्दै छ। जसअन्तर्गत उसले भद्रकालीबाट र्याली निकालेर सुन्धारा, वीर अस्पताल, रत्नपार्क घन्टाघर हुँदै दरबारमार्गमा सभा गर्नेछ।
यस्तै हाल हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँको समूहले पनि कोटेश्वरमा प्रदर्शन हुँदै छ।
यसरी आज एकैदिन तीन ठाउँमा प्रदर्शन हुने भएपछि जिल्ला प्रशासन कार्यालयले काठमाडौँको सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले तीन ठाउँमा प्रदर्शन हुने भएकाले आम नागरिकको जनजीवन सहज र सुरक्षित बनाउन आज पाँच हजारभन्दा बढी प्रहरी खटाइएको जानकारी दिए।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्