Skip to content

सिनामंगलको एक होटलमा युवा–युवती मृत फेला

काठमाडौँ । सिनामंगलको एक होटलमा युवा–युवती मृत फेला परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीका अनुसार झुण्डिएको अवस्थामा उनीहरु मृत रहेको भन्ने जानकारी आएको छ । युवा–युवती मृत भेटिएको सूचना आएपछि अहिले घटनास्थलमा प्रहरी पुगेको छ ।

घटनाको थप विवरण आउन बाँकी रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्