Skip to content

मतदाता नामावलीमा नाम भएकाहरूले नागरिकता वा अन्य परिचय पत्र देखाएर पनि भोट दिन पाउने

nmb bank inside

काठमाडौँ । मतदाता नामावलीमा नाम भएकाहरूले नागरिकता, राष्ट्रिय परिचय पत्र र सवारी चालक अनुमति पत्र (लाइसेन्स) देखाएर पनि मतदान गर्न पाउने भएका छन्।

स्थानीय तहको उपनिर्वाचनमा अन्तिम मतदाता नामावलीमा नाम समावेश भएकाहरूले नागरिकता वा अन्य परिचय पत्र भए पनि मतदान गर्न पाउने भएका हुन्। मतदाता नामावलीसँग नाम भिडाएर मतदान गर्न पाउने व्यवस्था मिलाइएको निर्वाचन आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् ।

स्थानीय तहका रिक्त पदका लागि यही मंसिर १६ गते बिहान ७ बजेदेखि ५ बजेसम्म मतदानको समय तोकिएको छ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्